महंगा नेपाली बलर, सन्दीपले ३ ओभरमा दिए ३४ रन ! (LIVE)

काठमाडौं, साउन १२ । आइसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा सिंगापुरविरुद्ध नेपालका स्पिनर महंगा सावित भएका छन् । नेपालले दोस्रो ओभरमै विकेट लिन सफल भए पनि दबाबमा राख्न नसक्दा सिंगापुरले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

नेपालका फास्ट बलरले कम रन खर्चिए पनि स्पिनर भने महंगा सावित भएका छन् । शनिबार कुवेतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछाने र बसन्त रेग्मी आज महंगा सावित भएका हुन् । सन्दीपले ३ ओभरमा ३४ र बसन्त रेग्मीले २ ओभरमा २९ रन दिइसकेका छन् । ताजा अवस्थामा सिंगापुरले १६ ओभरमा २ विकेट गुमाएर १४५ रन जोडेको छ ।

आज नेपालले टस हारेर बलिङको मौका पाएको हो । नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । कुवेतसँगको टोलीनै निरन्तरता उतारेको छ ।

नेपालको प्लेइङ ११ः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनाश बोहरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, रोहितकुमार पौडेल ।

आजको विजेता टोली आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपाल पराजित भए वा वर्षाको कारण अंक बाँड्नु परे विश्वकप खेल्ने सपना सकिने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!