नेपाललाई बलिङको निम्तो, प्लेइङ ११ मा को–कोले पाए मौका? (LIVE)

काठमाडौ, साउन १२ । आइसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले सिंगापुरविरुद्ध टस हारेर बलिङको मौका पाएको छ । यी दुई टिमबीचको खेल नेपालीसमयअनुसार बिहान ७ः१५ बजेदेखि सुरु हुँदैछ । नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । कुवेतसँगको टोलीनै निरन्तरता उतारेको छ ।

नेपालको प्लेइङ ११ः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनास बोहोरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, रोहितकुमार पौडेल

आजको विजेता टोली आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपाल पराजित भए वा वर्षाको कारण अंक बाँड्नु परे विश्वकप खेल्ने सपना सकिने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!