रसुवामा गुडिरहेको जीपमाथि पहिरो, ३ को मृत्यु, ६ जना घाइते

रसुवा, साउन ११ । गुडिरहेको जीपमाथि पहिरो खस्दा रसुवामा तीन जनाको मृत्यु भएको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिका २ तातोपानी डाँडामा गएको पहिरोले पुरेर तीन जनाको मृत्यु भएको हो ।

१० जना यात्रु बोकेर रसुवागढीबाट काठमाडौं जान लागेको ना १ ज ७८२४ नम्बरको जीपको पछाडिको भागमा खसेको पहिरोले पुरेपछि तीन जनाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले बताएको छ ।

चालकसहित अन्य पाँच जना सामान्य घाइते भएता पनि एक जना गम्भीर घाइते भएका छन् । घटनामा ज्यान गुमाउनेहरुको सनाखत नभएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकोे छ ।

याे पनि पढ्नुस  काठमाडौंका युवकको गोसाइँकुण्डमा लेक लागेर मृत्यु

कमेन्ट गर्नुहोस्

error: Content is protected !!