ग्लोबल टि–२० लिगः सन्दीपको टिमले आज दोस्रो खेल खेल्दै

काठमाडौं, साउन ११ । ग्लोबल टि–२० क्यानडा लिगअन्तर्गत आज नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध टोरन्टो नेशनलले दोस्रो खेलमा एडमन्टन रोयल्सको सामना गर्दै छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति १०ः१५ बजेदेखि सुरु हुँदैछ । खेल भारतीय च्यानल स्टार नेटवर्क र अनलाइनमा हटस्टारमा देख्न सकिने छ ।

टोरन्टोले पहिलो खेलमा क्रिस गेल कप्तान रहेको भाकुंभर नाइट्ससँग ८ विकेटले पराजित भएको थियो । टोरन्टोमा भारतीय पूर्वक्रिकेटर युवराज सिंह र रोयल्समा केन विलियम्सन कप्तान छन् । रोयल्समा केनसहित शादव खान, जिमी नीशम, मोहम्मद नवाज, फाफ डुप्लेसिस, बेन कटिङलगायत नाम चलेका खेलाडी छन् ।

सन्दीप आवद्ध टोरन्टो नाइट्सको पूरा टिमः युवराज सिंह (कप्तान), ब्रेण्डन म्याक्लम, सन्दीप लामिछाने, किरण पोलार्ड, हेनेरिक क्लासेन, मिचेल म्याग्लनेघन, चिराग सुरी, गुलमान शब्बीर, मनप्रीत गोनी, जेम्री नोर्दान, क्रिस ग्रीन, जेसी सिंह, कलुम म्याकल्वोइड, मार्क मन्फोर्ट, रविन्दर सिंह, सलमान नजर र रोड्रिगो थोमस ।

सन्दीप र सोमपालले २ वटा खेल गुमाउने
सन्दीपले टि–२० क्यानडा लिगका सुरुवातका २ खेल गुमाउने भएका छन् । उनी आइसीसी टि–२० विश्वकप एसिया छनोटका लागि सिंगापुरमा रहेकाले सुरुवातका २ खेल गुमाउने भएका हुन् । यस्तै अर्का नेपाली बलर सोमपाल कामीले पनि लिगका शुरुवातका २ खेल गुमाउने छन् । उनको टिम विनिपेग हक्सले पहिलो खेल शनिबार मोन्टेरियल टाइगर्ससँख खेलेकाे छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!