नेपाल भर्सेस सिंगापुर, कुन टिम बलियो? (हेड टु हेड)

काठमाडौं, साउन ११ । सिंगापुरमा जारी आइसीसी टि–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा आइतबार सिंगापुरसँग खेल्दैछ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजेदेखि सुरु हुँदैछ । ग्लोबल छनोट हुन दुवै टिमलाई आइतबारको खेल जित्नैपर्ने हुन्छ ।

नेपालले ३ खेल एकमा हार र २ खेलमा जीत हासिल गरेको छ । यता सिंगापुरले तीन खेलमा २ मा जीत र एक खेलमा वर्षाका कारण अंक बाँडेको छ । अंक तालिकामा सिंगापुर शीर्ष र नेपाल दोस्रो स्थानमा छ । नेपालले आज कुवेतलाई ७ विकेटले हरायो । आजको खेलमा नेपालको प्लेइङ ११ मा एक खेलाडी मात्र परिवर्तन गरिएको थियो ।

मलेसियविरुद्ध ढाडको समस्याको कारण विश्राममा रहेका कप्तान पारस खड्काले आज टिमको नेतृत्व गरेका थिए । मलेसियासँग उनको स्थानमा प्रदीप ऐरीले मौका पाएका थिए । सिंगापुरविरुद्ध हुने निकै महत्वपूर्ण खेलमा नेपालको प्लेइङ ११ मा कोकोले पाउन सक्छन् मौका?

नेपालको सम्भावित प्लेइङ ११ः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, रोहितकुमार पौडेल, करण केसी, बसन्त रेग्मी र पवन सराफ ।

सिंगापुर र नेपालको विगत कस्तो?
नेपाल र सिंगापुरको विगत हेर्ने हो भने यी दुई टिमबीच अहिलेसम्म ३ वटा टि-२० खेल भएको छ । जसमा २ वटा नेपालले जितेको छ भने एउटा खेल वर्षाले नतिजाविहिन बनेको थियो । सिनियर स्तरमा हालसम्म टि-२० र एकदिवसीयमा सिंगापुरले नेपाललाई हराउन सकेको छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!