युवाले आँट गरे नेपाल सबैभन्दा सभ्य र समृद्ध राष्ट्र बन्छः प्रचण्ड (भिडियोसहित)

काठमाडौं, साउन ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले युवाहरुले आँट मात्र गरे नेपाल सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्ने दाबी गरेका छन् । शनिवार लियो क्लबद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘युवाहरुले लक्ष्य ठूलो राखेर हिँडे भने हामीले लक्ष्य हासिल गर्न सक्छौं । आफ्नो अगाडिको ठूलो लक्ष्य र त्यसको प्राप्तिका लागि साधना, निष्ठा र निरन्तरको प्रयासले नै नयाँ ठाउँमा हामीलाई पुर्याउन सक्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले युवाहरुले संकल्प मात्र गरे यी सबै कुरा पुरा हुने बताए । ‘दशदेखि २० वर्ष भित्र नेपाल संसारकै सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्छ,’ उनले भने, ‘नेपालको इतिहास र भूमि उर्भरभूमी हो । नेपाल बिचार निर्माण र सृजनाको दृष्टिकोणले धेरै अगाडि जान सक्दछ । नेपाल संसारको अग्लो टाकुरा भएको देश हो जहाँबाट बोलेको संसारभर सुनिन्छ ।’

याे पनि पढ्नुस  प्रचण्ड भन्छन्, ‘पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभूति हुन थाल्यो’

अध्यक्ष प्रचण्डले समाज विविध बिचार, व्यक्तित्व र रचनाहरुको समिश्रणबाट बनेको बताउँदैयुवाहरुलाई आफूभित्र समाज, राष्ट्र र मानव जातिका निम्ति नयाँ सङ्कल्प र नयाँ आकांक्षा प्रतिवद्धताको रुपमा बिकास गर्न आग्रह पनि गरे । उनले भने, ‘तपाईहरुका अगाडि सिंगै जीवन छ । आफूहरुले विगतमा गरे जस्तो संकल्प गरे देशमा ठूल्ठूला चमत्कार नै हुनसक्छ ।’ अयक्ष प्रचण्डले युवाहरुलाई सिक्ने कार्यमा निपूर्ण बन्न आग्रह पनि गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!