रक्सी पिएर बच्चा जन्माउन खोज्दा शिशुको मृत्यु

अमेरिकी राज्य मिनिसोटामा एक महिलाले मदिराले मात्तिएर बच्चा जन्माइन्। तर शिशुको मृत्यु भयो।

अनुसन्धानमा उनले मदिरा पिएर आफैले बच्चा जन्माउन खोजेको देखियो। ३४ हप्तादेखि उनी गर्भवती थिइन्। उनको बच्चा पाउने मिति अझै २ हप्ता बाँकी थियो।

तर उनले एक लिटर ह्विस्की पिइन्। डाक्टरको सहायता बिना नै बच्चा जन्माउने प्रयास गरिन्। उनले बच्चा त जन्माइन्। तर शिशु बाँच्न सकेन।

ती महिला २९ वर्षीया रियाना मारिया क्यामेरोन भएको जनाइएको छ। सन् २०१८ डिसेम्बरको यस घटनाले यतिबेला मानिसहरु हैरान भएका छन्।

याे पनि पढ्नुस  रक्सीको बोतलमा ५० वर्ष पुरानो चिठ्ठी भेटियो

डिसेम्बर ३० तारिखका दिन बच्चा र आमा गम्भीर अवस्थामा देखेपछि रियानाकी श्रीमानले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार घटनास्थल पुग्दासम्म बच्चाको मृत्यु भइसकेको थियो। बच्चाको रगतमा पनि मदिराको केही मात्रा देखिएको जनाइएको छ। घटनास्थलबाट १.७५ लिटरको ह्विस्कीको बोतल समेत बरामद भएको थियो।

हाल रियानामाथि ज्यानमारा मुद्धा लागेको जनाइएको छ। प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ। डेलीमेलका अनुसार उनलाई दशवर्षको जेल सजाय हुनसक्ने जनाइएको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!