इमरानको ठूलो जीतः अमेरिकाले १२५ मिलियन डलरको सैन्य सहयोग दिने

वाशिङ्गटन, पाकिस्तानले सैन्य कुटनीतिमा फडको मार्न सफल भएको छ । अमेरिकाले गत वर्ष सैन्य कटौती गरेको पाकिस्तानलाई यस वर्ष भने पाकिस्तानका लडाकु विमानका क्षेत्रमा १ सय २५ मिलियन डलर सहयोग दिने भएको हो । यसका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच वार्ता भएको ५ दिनपछि यस्तो घोषणा गरिएको हो ।

यस अन्तर्गत अमेरिकाले पाकिस्तानका लडाकु विमान एफ १६ को प्रोग्रामका लागि २४ द्दण्टा अनुगमन गर्न सपोर्टिङ कर्मचारी भर्ना गरिने छन् ।

अमेरिकाले गत जनवरी २०१८ मा पाकिस्तानलाई रक्षा सहयोग दिन बन्द गरेको थियो । तर अहिलेको यो सम्झौताले पाकिस्तान र अमेरिकाबीचको सम्बन्धमा गुणात्मक सुधार आएको संकेत दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार प्रस्तावित निर्णय अमेरिकी विदेश नीतिमा आधारित रहेको छ । पाकिस्तानले प्राविधिक सहयोग नियमित बनाउन अमेरिकासँग गरेको आग्रह अनुरुप यो सहयोग दिइएको हो ।

पाकिस्तानलाई अमेरिकाले दिएको महत्वले भारतमा भने ठूलो सनसनी फैलिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!