विश्वकप छनोटः कुवेतविरुद्ध पारस खड्काको शानदार अर्धशतक (LIVE)

काठमाडौं, साउन ११ । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले शानदार अर्धशतक बनाएका छन् । उनले ९ चौकाको मद्दतमा ३२ बलमा अर्धशतक पूरा गरेका हुन् । नेपालले कुवेतले दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा शानदार प्रदर्शन गरेको छ । यो समाचार तयार पार्दासम्म नेपालले १३ ओभरका १ विकेट गुमाएर १२२ रन बनाएको छ । अब नेपाललाई जीतका लागि २० रन आवश्यक छ ।

नेपालले पहिलो विकेटकारुपमा ३.५ ओभरमा ज्ञानेन्द्र मल्ललाई गुमाउन पुग्यो । उनी १३ बलमा १९ रन बनाएर आउट भएका हुन् । यसअघि टस हारेर ब्याटिङको मौका पाएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनायो । उसका लागि कप्तान मोहम्मद काशिफले नटआउट ४९, महोम्मद अश्लामले २३, अदनान आर्डिसले २५, रविजा सन्दरुवानले १५, बिलाल ताहिरले १३ रन बनाए ।

बलिङमा नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मीले ३–३, करण केसीले २ र अविनाश बोहराले एक विकेट लिए । चोटका कारण मलेसियासँगको खेल गुमाएका कप्तान पारस खड्का टोलीमा फर्किएका छन् । मलेसियासँगको खेलबाट नेपालले १ खेलाडी परिवर्तन गरेको छ । कप्तान पारसले कमब्याक गर्दा प्रदीप ऐरी प्लेइङ ११ मा स्थान बनाउन असफल भएका छन् । नेपालको प्लेइङ –११

१.पारस खड्का
२. ज्ञानेन्द्र मल्ल
३. शरद भेषावकर
४. वसन्त रेग्मी
५. सोमपाल कामी
६. अभिनास बोहोरा
७. सन्दीप लामिछाने
८. दीपेन्द्रसिंह ऐरी
९. विनोद भण्डारी
१०. करण केसी
११. रोहितकुमार पौडेल

कमेन्ट गर्नुहोस्

error: Content is protected !!