कुवेतविरुद्ध नेपालले टस जित्यो, प्लेइङ ११ मा को–कोले पाए मौका? (LIVE)

काठमाडौं, साउन ११ । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले कुवेतविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । खेल नेपालीसमयअनुसार बिहान ७ः१५ बजेदेखि सुरु भएको छ । चोटका कारण मलेसियासँगको खेल गुमाएका कप्तान पारस खड्का टोलीमा फर्किएका छन् ।

मलेसियासँगको खेलबाट नेपालले १ खेलाडी परिवर्तन गरेको छ । कप्तान पारसले कमब्याक गर्दा प्रदीप ऐरी प्लेइङ ११ मा स्थान बनाउन असफल भएका छन् । नेपालको प्लेइङ –११
१. पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल
३. शरद भेषावकर
४. वसन्त रेग्मी
५. सोमपाल कामी
६. अभिनास बोहोरा
७. सन्दीप लामिछाने
८. दीपेन्द्रसिंह ऐरी
९. विनोद भण्डारी
१०. करण केसी
११. रोहितकुमार पौडेल

कमेन्ट गर्नुहोस्

error: Content is protected !!