धनगढीमा पाँच दिने ICT प्रयोग सम्बन्धी तालिम सुरु

कैलाली, साउन १० । प्रविधि मैत्री शिक्षक समाज सुदूरपश्चिम समितिद्वारा सन्चालित आइसीटीको प्रयोग सम्बन्धी पाँच दिने आधारभूत तालिम आजदेखि सुरु भएको छ । शिक्षामा गुणस्तरीयताको विकास गर्न, प्रभावकारी शिक्षण गरी उद्देश्यानुकूल दक्ष जनशक्ति निर्माण गर्न तथा युग सुहाउँदो शिक्षण विधि अपनाई शिक्षण गर्न प्रविधिको जरुरत हुने भएकाले आइसीटि प्रयोग सम्बन्धी तालिमको आयोजना गरिएको हो । उक्त तालिमले शिक्षकमा पेशागत दक्षता वृद्धि गराउन सघाउने पुर्याउने अपेक्षा लिइएको हो ।

प्रविधि मैत्री शिक्षक समाज सुदूर पश्चिम प्रदेशका अध्यक्ष गंगाराम ओझाको सभापतित्वमा सन्चालित उक्त कार्यक्रम, धनगढी, कैलाली स्थित पन्चोदय मा वि को कम्प्युटर कक्षमा आयोजना भएको थियो । पन्चोदय मा. वि. का प्रधानाध्यापक हरिश ओझाको प्रमुख अतिथ्यमा सन्चालित उक्त कार्यक्रममा प्र. मै. शि. समाजका केन्द्रीय सदस्य चन्द्रकला दवाडी विशिष्ट अतिथि थिए ।

पाँच दिनसम्म सन्चालित हुने आइसीटि प्रयोग सम्बन्धी तालिममा सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालयबाट ३० जना शिक्षकको सहभागिता रहेको छ । तालिमको पहिलो दिन अर्थात आज तालिम सहजीकरणमा प्रशिक्षक परशुरामको उल्लेख्य भूमिका रह्यो भने सहभागी शिक्षक पनि निकै उत्साहित थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!