अन्तिम खेलमा पनि मलिंगाको शानदार बलिङ, पहिलो ओभरमै लिए विकेट

काठमाडौं, साउन १० । एकदिवसीय सिरिजको पहिलो खेलमा श्रीलंकाले दिएको ३१५ रनको लक्ष्य पछ्याएको बंगलादेशले पहिलो ओभरमै विकेट गुमाएको छ । उसले पहिलो विकेटकारुपमा पहिलो ओभरको पाँचौ बलमा कप्तान तमिम इकबाललाई शून्य रनमा गुमाएको हो ।

उनलाई लासिथ मलिंगाले आउट गरे । स्मरण रहोस् मलिंगाले आज अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दै छन् । यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१४ रन बनायो ।

उसका लागि कुसल पेरेराले शतक बनाए । उनले १ छक्का र १७ चाैकाको मद्दतमा ९९ बलमा १११ रन बनाए । वान डे क्रिकेटमा पेरेराको यो पाँचौ शतक हो ।

यस्तै एन्जेलो म्याथ्यूजले ४८, कुसल मेन्डिसले ४३, कप्तान दिमुथ करुणारत्नले ३६, लाहिरु थिरिमनले २५, धनन्जय डी सिल्भाले १८, अभिश्का फनान्डोले ७, थिसरा पेरेराले २ र लसिथ मलिंगाले नटआउट ६ रनको योगदान दिए ।

बलिङमा बंगलादेशका शाहफिउल इश्लामले ३, मुस्तफिजुर रहमानले २, मेहदी हसन मिराज, सौम्य सरकार र रुबेल हुसैनले एक–एक विकेट लिए ।

यो पनिः सन्यास लिँदैछन् ह्याट्रिकको रेकर्ड राख्ने यी महान् खेलाडी, अन्तिमपटक खेल्दैछन् आज

कमेन्ट गर्नुहोस्

error: Content is protected !!