अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई ११ पदक

मलेसिया । मलेसियाको सरावक स्थित कुचिङ स्टेडिया जूलाई १९ देखि २१ सम्म भएको ‘सरावक चिफ मिनिस्टर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता’ मा नेपालले एक स्वर्ण, दुई रजत र ८ कास्यसहित १४ पदक जीतेको छ ।

प्रतियोगितामा सुप्रिमा बजगाईले फाईटतर्फ महिला ३७ केजी तोल समूहको फाईनल खेलमा थाइल्याण्डण्डकी स्वान्चुलाई हराउँदै स्वर्ण पदक जीतेकी हुन् । ४७ केजी मुनिको खेलमा पूजा कुँवरले मलेसियाकी वान सुइसँग पराजित हुँदै कास्य हात पारेकी थिइन र जुनियर फाईटरमा अमर भुजेलले ७३ केजी मुनिको फाईनल खेलमा ताईपेइका रिसानुसँग पराजित भएर कास्य पदक मै चित्त बुझाएका थिए ।

३७ केजीको खेलमा अलिशा सुनुवारले, ४५ केजीमा अभिषेक कटुवाल, ६२ केजीमा बिमल लामा, २९ केजीमा बिशन गुरुङ, ५१ केजीमा आस्था दाहाल, ३३ केजीमा कृतिक भण्डारी, ३३ केजीमा क्रिस थापा र सिगल फुन्समा ११ बर्ष उमेर मुनिमा रुपसना मगरले कास्य पदक जीतेका हुन् ।

प्रतियोगिताको लागि म्यानेजर महेश्वर नेपाल, प्रमुख प्रशिक्षक कुमार लामा घिसिङ, प्रशिक्षक सरोज तामाङ र प्रशिक्षक कुमार तामाङको नेतृत्वमा नेपाली टिमको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!