आयरल्याण्ड विरुद्धको टेस्ट इंग्ल्याण्डले जित्यो, क्रिस वोक्सले लिए ६ विकेट

काठमाडौं, साउन १० । अलराउन्डर क्रिस वक्सले ६ विकेट लिएपछि आयरल्याण्ड विरुद्धको एक मात्र टेस्ट सिरिज इंग्ल्याण्डले जितेको छ । वोक्सले टेस्ट करियरकै शानदार बलिङ गरेपछि इंग्ल्याण्डले १४३ रनले टेस्ट जितेको हो ।

इंग्ल्याण्डले दिएको १८२ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले दोस्रो इनिङमा ३८ रन मात्र बनाउन सक्यो । उसका लागि जेम्स म्याकलमले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमासमेत रन जोड्न सकेनन् ।

बलिङमा क्रिस वक्सले ७.४ ओभरमा १७ रन दिएर ६ विकेट लिए । यस्तै स्टुअर्ट ब्रोडले ८ ओभरमा १९ रन दिएर ४ विकेट हात पारे । इंग्ल्याण्डले पहिलो इनिङमा ८५ र दोस्रो इनिङमा ३०३ रन बनाएको थियो । आयरल्याण्डले दोस्रो सेसनमा २०७ रन बनाएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!