क्रिस वोक्सको घातक बलिङ, एक्लैले लिए ५ विकेट

काठमाडौं, साउन १० । आयरल्याण्ड विरुद्धको एक मात्र टेस्ट क्रिकेटको दोस्रो इनिङमा इंग्ल्याण्डका क्रिस वोक्सले घातक बलिङ गरेका छन् । उनले ७ ओभरमा १५ रन दिएर ५ विकेट लिइसकेका छन् ।

आयरल्याण्डले १४.१ ओभरमा ९ विकेट गुमाएर ३६ रन मात्र बनाउन सकेको छ । उसलाई जीतका लागि १४६ रनको खाँचो छ । आयरल्याण्डको इनिङलाई धरासय बनाउन क्रिस ओक्सले ५, स्टुअर्ड ब्रोडले ४ विकेट लिइसकेका छन् ।

पहिलो इनिङमा इंग्ल्याण्डले ८५ र दोस्रो इनिङमा ३०३ रन बनाएको थियो । आयरल्याण्डले भने पहिलो इनिङमा २०७ रन बनाएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!