मलिंगाको अन्तिम खेलमा श्रीलंकाको उत्कृष्ट प्रदर्शन

काठमाडौं, साउन १० । विश्व चर्चित लसिथ मलिंगाले आज सन्यास लिँदैछन् । उनले बंगलादेश विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेलेसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट अलविदा गर्न लागेका हुन् ।

मलिंगाको विदाईको खेलमा श्रीलंकाले उत्कृष्ट प्रदर्शन गरेको छ । उसले यो समाचार तयार पार्दासम्म ४४ ओभरमा ४ विकेट गुमाएर २६७ रन बनाइसकेको छ । श्रीलंकाका लागि कुसल पेरेराले शतक बनाए । उनले १ छक्का र १७ छक्काको मद्दतमा ९९ बलमा १११ रन बनाए ।

वान डे क्रिकेटमा पेरेराको यो पाँचौ शतक हो । यस्तै कप्तान दिमुथ करुणारत्नले ३६, कुसल मेन्डीसले ४३, अभिश्का फर्नान्डोले ७ रन बनाए । एन्जेलो म्याथ्यूज र लाहिरु थिरिमने क्रिजमा छन् ।

यो पनिः सन्यास लिँदैछन् ह्याट्रिकको रेकर्ड राख्ने यी महान् खेलाडी, अन्तिमपटक खेल्दैछन् आज

कमेन्ट गर्नुहोस्

error: Content is protected !!