छोराको भविष्यका लागि अमेरिका छिर्न याचना गरिरहेकी यी आमा

बन्दुक बोकेका सिपाही अघितिर डराएकी आमा र उनीसँगै उनकाे अबोध छोराको एउटा फोटो पछिल्लो सयम विश्वभर भाइरल बनेको छ । मेक्सिको र अमेरिकाको सीमा नाकामा खिचिएको यस फोटोमा एक सेना र आमासहित एक बालक रहेका छन् । फोटोमा सेनाले बन्दुक देखाएका छन् भने आमा रोएकी छन् । यस्तै बालकको निर्दाेस अनुहार सेनालाई हेरिरहेको देखिन्छ ।

राम्रो जीवन शैलीको मोहमा विश्वका धेरै मानिसहरु अबैध रुपमा मेक्सिको हुँदै अमेरिका जाने गरेका छन् । अमेरिकामा शरणार्थी बन्ने चाहनामा दैनिक सयौँ मानिस अनेक दुःख झेल्दै अबैध रुपमा जाने प्रयास गर्दै आएका छन् । यसैगरी अमेरिका जान खोजेका आमा छोरा मेक्सिकोको सीमानामा सेनाले फेला पारेपछिको यो फोटो खिचिएको थियो ।

याे पनि पढ्नुस  प्रियंका चोपडाः शान्तिदूत भएर पनि भारतीय सेनाको समर्थन गरेको भन्दै अमेरिकामा आक्रोश

यो फोटो रोयर्टसका फोटोग्राफर जोन लुइस गोन्जालेजले खिचेका थिए । फोटो सामाजिक सञ्जालमा ‘अपलोड’ भएसँगै भाइरल भएको थियो । जहाँ महिलाले आफ्नो ६ वर्षीय छोराका साथ मेक्सिको बोर्डर पार गरी अमेरिका जान सेनासँग प्राथना गरेकी छन् ।

ती आमा छोरा ग्वोटेमालादेखि लगभग दुई हजार ४ सय दश किलोमिटर दुरी पार गरेर मेक्सिको र अमेरिकाको सीमानामा पुगेका थिए । सुन्दर भविष्यको खोजीमा यतिका दुरी पार गरेका उनीहरुलाई सुरक्षाकर्मीले रोके । उनीहरुलाई सुरक्षाकर्मीले सीमाना पार गर्न दिएनन् ।

याे पनि पढ्नुस  प्रियंका चोपडाः शान्तिदूत भएर पनि भारतीय सेनाको समर्थन गरेको भन्दै अमेरिकामा आक्रोश

फोटोग्राफर जोन लुइसले सुरक्षाकर्मीसँग रुदै सीमाना पार गर्न याचना गरिरहेको अवस्थामा यो फोटो लिएका थिए । उनी आफ्नो छोराको सुन्दर भविष्यका लागि अमेरिका जान चाहन्थिन ।

अमेरिकी सीमा नाकामा अहिलेसम्म ६ लाख ६४ हजार शरणार्थी पक्राउ परेका छन् । पहिल्लो केही महिनामा मात्रै एक लाख ४४ हजार शरणार्थी पक्राउ परेका छन् । नयाँ पत्रिका दैनिकबाट, एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!