धेरै सेल्फी लिने बानी छ ? कतै तपाईं यस्तो समस्याले ग्रस्त त हुनुहुन्न ?

‘सेल्फी’ आधुनिक जीवनको प्रमुख अंग जस्तै बनिसकेको छ । पहिलो पटक २००२ मा अस्ट्रेलियन लेखक एवं विज्ञान संचारक कार्ल क्रुस्जेलनिकीले चलाएको ‘इन्टरनेट फोरम’मा एक जना इन्टरनेट प्रयोग कर्ताले यस शब्दको प्रयोग गरेका थिए ।

सोनी इरिक्सनले २००३ मा पहिलो पटक अगाडितिरको क्यामेरा भएको फोन ‘सोनी इरिक्सन जेड१०१० ‘ सार्वजनिक गरेपछि मोबाइलबाट आफ्नै तस्बिर लिने प्रचलन बढ्न थाल्यो र सामाजिक संजालको लोकप्रियताले यसलाई समेत लोकप्रिय बनाइदियो ।

आजभोली सेल्फी क्यामेरा मोबाइल फोनको प्रमुख अवयवका रूपमा लिइन्छ । दिनानुदिन नयाँ नयाँ क्यामेरा प्रविधिले ‘सेल्फी’लाई अझै उत्कृष्ट र लोकप्रिय बनाइदिएको छ । आजभोली सेल्फी नखिचने स्मार्ट फोन प्रयोगकर्ताहरू बिरलै पाइने गरेका छन् ।

सेल्फी लिनुका अनेकन फाइदा हुन सक्लान् तर यस आलेखमा भने हामीले यसका बेफाइदाबारे चर्चा गरेका छौं ।

सेल्फीको जतिसुकै सोखिन भए पनि यदि कसैले तपाईंलाई सेल्फी लिने बानीले अनुहारमा चाँडै बुढ्यौली आएको लक्षण देखिन थाल्छ भन्दा जोसुकैलाई पनि सेल्फीले झस्काउन सक्छ ।

सेल्फीका थुप्रै साइड इफेक्ट देखिने गरेका छन् । यसको प्रत्यक्ष असर हाम्रो अनुहारको छालामा देखा पर्ने गरेको छ । यसका अन्य पनि धेरै हानिकारक असर रहका छन्, जसमध्ये केही यस प्रकार छन् ।

छालासम्बन्धि समस्या

१. हानिकारक विकीरणको खतरा

छाला विशेषज्ञहरूका अनुसार सेल्फी लिँदा अनुहारमा पर्न जाने निलो प्रकाश र विद्युत-चुम्बकीय विकीरणले अनुहारको छालामा निकै हानि पुग्छ । यो विकिरण घामको विकिरणभन्दा निकै शक्तिशाली हुने भएकाले यसलाई सामान्य सनस्क्रीनको पत्रले रोक्न सक्नदिन र यसले छालामा नोक्सान पुग्दछ ।

२. अनुहारमा समय अगावै चाउरी

सेल्फीको सबै भन्दा ठुलो बेफाइदा भनेको यसले अनुहारको छालामा पुग्न जाने हानि नै हो । बारम्बार सेल्फी लिने गर्नाले अनुहारको छालामा चाउरी देखा पर्न थाल्छ र मानिसमा समय अगावै बुढ्यौलीको लक्षण देखा पर्न जान्छ ।

३. छालाको आफैं मरम्मत हुने क्षमतामा ह्रास

सेल्फी लिँदा मोबाइलबाट निस्किने हानिकारक विकिरणको प्रत्यक्ष असर छालामा रहेको डीएनएमा पर्छ र यसले छालामा निहित आफैंलाई मरम्मत गर्न सक्ने क्षमतामा बिस्तारै ह्रास आउने हुन्छ । यसलाई सामान्य खालका ब्युटी क्रिम या सनस्क्रिनले बचाउन सकिन्न ।

मनोवैज्ञानिक समस्या

१. अब्सेसिभ कम्पल्सिभ डिसअर्डर

सुन्दै अनौठो लाग्ने यो समस्या पनि सेल्फी लिने बानीका कारण देखिन सक्छ । यो एक प्रकारको मानसिक समस्या हो । विशेष गरी युवाहरूमा सेल्फी लिने बानी यति धेरै हुने गर्दछ कि बिस्तारै यसले लतको रुप लिने गर्दछ र त्यस्ता मानिस जतिबेला पनि सेल्फी लिने मन लागिरहेको हुन्छ । त्यस्ता मानिसहरूलाई सेल्फी बाहेक अरू केही राम्रो लाग्दैन । यहाँसम्म कि उनीहरू बिरामी मान्छे या मर्रेको मान्छेसँग समेत सेल्फी खिच्ने गर्दछन् ।

२. बोर्डरलाइन सेल्फाइटिस

यो सेल्फीका कारण हुने अर्को मनोवैज्ञानिक समस्या हो । कतिपेट केटाकेटीहरू दिनमा कयौं पटक सेल्फी खिच्ने गर्दछन् । उनीहरूले पछि ती तस्बिर मेटाइदिए पनि उनीहरूलाई सेल्फीको लत भने रहिराखेको हुन्छ । सामान्यतया यस्तो समस्या रहेका मानिस आफूले यसरी लिएका तस्बिर कहीं पोस्ट गर्ने गर्दैनन् र पनि उनीहरू विभिन्न मुद्रामा सेल्फी लिने गर्दछन् ।

३. एक्युट सेल्फाइटिस

यस्तो समस्याले ग्रसित व्यक्ति दिनमा थुप्रै पटक सेल्फी लिने गर्छन् र त्यस्ता तस्बिर कुनै विशेष अवसरमा लिइएका नभए पनि उनीहरूले तिनलाई समजिक्क संजालमा पोस्ट गर्ने गर्दछन् । यस्ता व्यक्तिलाई आफ्नो यस बानीबारे त्यत्तिको ख्याल हुन् तर उनीहरू नजानिँदो ढङ्गले सेल्फीको लत पालिबसेका हुन्छन् । यस्ता व्यक्तिलाई तस्बिर समाजिक संजालमा पोस्ट गरेपछि र त्यसमा लाइक र कमेन्ट भएको देखेपछि मिल्ने आनन्द मदिराको अम्मलीलाई मदिरापान गरेपछि पाउने आनन्दजस्तै रहने गर्दछ ।

४. क्रोनिक सेल्फाइटिस

यो सेल्फाइटिसको सबैभन्दा गम्भीर अवस्था हो । यसप्रकारको समस्यामा भएका व्यक्तिको मस्तिष्कमा हरेक पटक नयाँ नयाँ मुद्रामा सेल्फी कारी लिने होला भन्ने मात्रै चिन्ता रहिराखेको हुन्छ । एक किसिमले यस्ता व्यक्तिको मस्तिष्कमा पूर्णतया सेल्फी लिने इच्छाको नियन्त्रण रहेको हुन्छ । यस्ता व्यक्ति दिनमा आठ-दश पटक सेल्फी लिने गर्दछन् र तिनलाई पोस्ट गरेर खुसी हुने गर्दछन् ।

५. डिस्मोर्फिक डिसअर्डर

यो लक्षण भनेको त्यस अवस्थामा देखिने गर्दछ जब कुनै सेल्फाइटिस  समस्याले ग्रस्त व्यक्तिलाई आफूले लिएका सेल्फीहरूप्रति वितृष्णा जाग्ने गर्दछ । यस्ता समस्याबाट ग्रस्त व्यक्तिलाई आफूले लिएका सेल्फीहरूमा ऊ राम्रो लाग्न छाडेको लाग्छ र यसले उसलाई बिस्तारै अवसादको अवस्थामा स्समेत पुऱ्याउन सक्छ ।

शारीरिक समस्याहरू

१. टेंडिनाइटिस

यो भनेको हातका औंलाहरू कक्रक्क पर्ने समस्या हो । धेरै सेल्फी लिने मानिसमा यस्तो समस्या देखिन सक्ने विज्ञहरू बताउने गर्दछन् । सेल्फी लिनका लागि विशेष प्रकारले मोबाइल फोनलाई समात्नु पर्ने हुन्छ जसका कारण औंलाका नासाहरूमा समस्या आएर औंलाहरू अक्रक्क पर्न जाने समस्या द्केहीं सक्छ ।

२. गर्धनमा पीडाको समस्या

सेल्फी लिने बानीले गर्दा  गर्धनक नासाहरूमा पनि समस्या आउन सक्छ जसले गर्दा गर्दन दुख्ने समस्या आउन सक्छ । गर्दनमा रहेका नासाहरूमा समस्या आएर तिनबाट भएर जाने रक्तप्रवाह बाधित हुँदा यसो हुने विज्ञहरूले बताउने गरेका छन् । यसले गर्दा तपाईंलाई ओछ्यान समात्नु पर्ने अवस्थामा समेत पुऱ्याउन सक्छ ।

३. आँखामा समस्या

धेरै सेल्फी लिने बानीले आँखामा समेत समस्या देखिन सक्छ । मोबाइलफोनबाट उत्सर्जित हुने निलो किरण र अन्य विकिरणले गर्दा यो जतिलात्रा आउन सक्छ ।

४. सर्भाइकल डिसअर्डर

बारम्बार सेल्फी लिने बानीले गर्दा देखा पर्न सक्ने एउटा समस्या सर्भाइकल डिसअर्डर पनि हो । यसले शरीरका नशाहरूमा समस्या आएर हिंडदुल गर्न समेत समस्या आउन सक्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!