अदालको गाडीमा आगजनी, विप्लव समूहमाथि आशंका

नवलपुर, साउन १० । पूर्वी नवलपरासीको नवलपुर जिल्ला अदालतको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । घर छेउमा पार्किङ्ग गरेर राखेको गाडीमा शुक्रबार बिहान आगजनी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता नायब उपरीक्षक अर्जुनकुमार रानाभाटअनुसार आगो लगाउने व्यक्तिको पहिचान हुन सकेको छैन । गाडीमा मट्टितेल राखेर आगो लगाइएको प्रहरीले जनाएको छ। आगजनीबाट गाडी पूर्णरुपमा क्षतिग्रस्त बनेको छ।

साउन ७ देखि नेत्र विक्रम चन्द समूह विप्लवले सरकारी गाडी चल्न नदिने भन्दै प्रतिवन्ध लगाएको छ। उक्त गाडी पनि विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

याे पनि पढ्नुस  पेट्रोल छर्केर एनसेलको टावरमा आगजनी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!