बहुदलीय जनवादको ‘इमोशनल ब्ल्याकमेलिङ’

भीष्म थापा । जनताको चाहना र इतिहासको आवश्यकता । यी दुईवटा मुख्य आधारमा रहेर दुईवटा फरक राजनीतिक इतिहास भएका वामपन्थी पार्टीबीच एकता प्रक्रिया शुरु भयो ।

राजनीतिक बेइमानी भन्ने शब्दलाई पर राखेर सोच्ने हो भने एकता गर्ने निर्णय लिँदा दुबै पक्षले राजनीतिक इमान्दारिता देखाएका थिए । यो इमान्दारिता थियो– विगतको समीक्षा गर्दै नयाँ विकसित बस्तुगत परिस्थितिमा समाजवादी क्रान्तिको तयारीका लागि नयाँ विचार र नयाँ पार्टीको निर्माण गर्ने । र, यही इमान्दारिताका आधारमा निर्वाचनको साझा घोषणापत्र र एकतापछि पार्टीको विधान र राजनीतिक परिवर्तन समेत निर्माण भयो ।

कतिपय अवस्थामा आफूले गरेका गल्तीको पनि बिना कुनै हिच्किचाहट पश्चाताप गर्नुपर्ने हुन्छ । यो राजनीतिक इमान्दारिता नै कम्युनिष्टहरुको मुख्य गुण पनि हो ।

जनताको राजनीति गर्ने शक्तिले सधैं इमान्दार राजनीति गर्छ । त्यहाँ छलछाम र बेइमानीको स्थान हुँदैन । केन्द्रमा जनता हुन्छन् । जनताको पक्षमा कतिपयबेला आफैमाथि निर्मम प्रहार गर्नुपर्ने हुन्छ । कतिपय बेला पछाडि हटनुपर्ने हुन्छ । कतिपय बेला स्थापित भएको सत्यविरुद्ध समेत एक्लै उभिनु पर्ने हुन्छ । कतिपय अवस्थामा आफूले गरेका गल्तीको पनि बिना कुनै हिच्किचाहट पश्चाताप गर्नुपर्ने हुन्छ । यो राजनीतिक इमान्दारिता नै कम्युनिष्टहरुको मुख्य गुण पनि हो ।

र, नेपाली जनता, एकीकृत पार्टीका लाखौं शुभेच्छुक र समर्थकहरुले यही इमान्दारिता अझ उच्च तहको इमान्दारिता नयाँ पार्टीबाट अपेक्षा गरेका थिए ।

याे पनि पढ्नुस  नेकपाको सचिवालय बैठक बस्दै, के विषयमा हुँदैछ छलफल?

तर एउटा बिन्दुमा, खासगरी पूर्व एमालेभित्रको शक्ति संघर्ष (गुट संघर्ष) चुलिन थालेपछि, पूर्व माओवादी केन्द्रको वैचारिक पक्ष हावी हुन थालेपछि यो इमान्दारिता कायम रहेन । त्यहाँ बेइमानीले स्थान लियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाल लगायतको दूरी बढने र नेता तथा कार्यकर्ताहरुको रुझान समेत प्रचण्डप्रति देखिन थालेपछि इमान्दारिता भन्ने कम्युनिष्टहरुको गहना मिल्क्याउने कोशिस भएको देखिन्छ ।

विधान बनाउँदा, राजनीतिक प्रतिवेदन तयार गर्दा विचारको कुरामा बहस भएन । त्यो बेलासम्म शक्ति संघर्ष चुलिएको थिएन । पार्टीभित्र गुटगट ध्रुवीकरण छायामा परेको थियो । तर पार्टीभित्र को बलियो भन्ने प्रश्न आउँदा एकता भन्दा अघिको अवस्थामा एउटा समूहले राजनीति मोड्न खोज्यो ।

यो त्यति सजिलो थिएन । पूर्व एमालेभित्र हजारौं नेता तथा कार्यकर्ता नयाँ विचार र नयाँ पार्टी निर्माण गर्ने पक्षमा रहेको बेला एकताको भावनाविपरित जानु त्यति सहज थिएन ।

र, यसका लागि अघि सारियो इमोशनल ब्ल्याकमेलिङको सूत्र– बहुदलीय जनवाद ।

महाधिवेशनमा जाँदा जबजको यो मनोविज्ञानका आधारमा अमूक समूहले आफ्नो शक्ति सुरक्षित राख्ने मनसायले यो कार्ड अघि फालेको देखिन्छ ।

बहुदलीय जनवादको अन्तर्वस्तुमा सहमति असहमति जे भएपनि पूर्व एमाले पक्षका लागि यो प्रिय शब्द हो । यो उनीहरुको सम्पत्ति हो । माओवादीले राजनीतिक इमान्दारिता देखाउँदै आफ्नो माओवाद भन्ने सम्पत्ति परित्याग गर्यो । उत्तरपन्थी कोणबाट यो सुधारवादी या संशोधनवादी कदम भएपनि नेपाली समाजको तत्कालको आवश्यकतामा माओवादी दुई कदम पछि हटेको थियो । तर पूर्व एमाले भित्र शक्ति संघर्षमा कमजोर परिन्छ भनेर सोच्ने समूहले भने आफ्नो सम्पत्ति अर्थात् बहुदलीय जनवादलाई फेरी उछाल्ने काम गर्यो ।

याे पनि पढ्नुस  यस्तो छ माधव नेपालले दर्ता गरेको ७ बुँदे नोट अफ डिसेन्ट

बहुदलीय जनवाद आफैमा कुरान होइन, स्व्यम् पूर्व एमालेभित्रै पनि एकथरिले यसले नेपाली क्रान्तिका अबका कार्यभार पुरा गर्न सक्दैन भन्दै फरक राजनीतिक विचार अघि सार्दै आएका छन् । तर अहिले भने यही बहुदलीय जनवाद माओवादी कित्तालाई एक्ल्याउने अस्त्र बन्न पुगेको छ । महाधिवेशनमा जाँदा जबजको यो मनोविज्ञानका आधारमा अमूक समूहले आफ्नो शक्ति सुरक्षित राख्ने मनसायले यो कार्ड अघि फालेको देखिन्छ ।

घनश्याम भुसालका अनुसार, पार्टीभित्र अध्यक्ष ओलीको कार्यशैली र विचारसँग असहमति राख्ने माधव नेपाल पनि जबजको कार्डले ढुलमुलमा पर्न सक्छन् ।

नयाँ विचार निर्माण गर्ने, नयाँ कार्यदिशा बनाउने, नयाँ कार्यनीति र रणनीतिमार्फ संसद, संसदीय व्यवस्था, बहुदलीय प्रतिष्पर्धाको चरित्र, राज्यसत्ताको चरित्र लगायतका विषयमा स्पष्ट दृष्टिकोण बनाउँदै नेपाली समाजलाई एक धक्का दिने काम यसले गर्दैन ।

अहिले स्कूल विभागको चर्चा पनि त्यही कारण चुलिएको छ । यसको रुपमा केही व्यक्ति देखिएका छन्, तर अन्तर्वस्तु भने कार्यदिशा नै हो । नेपाली समाजलाई पछाडि फर्काउने या राजनीतिक इमान्दारिता कायम राख्दै नयाँ कार्यदिशा, नयाँ स्कूलिङ गर्ने या जबजमा अड्किने ? यो अहिलेको मुख्य सवाल हो । र, पार्टीको विधानविपरित, पार्टी एकताको भावनाविपरित जबजको पक्षमा वकालत गर्ने व्यक्ति अहिले स्कूल विभागको दावी गर्दैछन् । यो त्यति सामान्य किसिमले खोजिएको भाग कदापि पनि होइन ।

याे पनि पढ्नुस  नेकपा कार्यविभाजनः हेर्नुस् सबै विभागका प्रमुख र उपप्रमुखको नामावली

पूर्व एमालेभित्र देखिएका कतिपय गुट उपगुटलाई सन्तुलनमा ल्याउने भावनात्मक कडी बहुदलीय जनवाद हुने आँकलन सहित अहिले यसलाई चर्चामा उछालिएको छ । कार्यकर्ता तहमा ‘तिम्रो माओवादी तिमी नै लैजाउ, बहुदलीय जनवाद जिन्दावाद’ भन्ने नारा फैलाउने कोशिस भएको छ । यो पूर्णरुपमा एकताको मूल मर्म विपरितको तर्क हो । नयाँ विचार निर्माण गर्ने, नयाँ कार्यदिशा बनाउने, नयाँ कार्यनीति र रणनीतिमार्फ संसद, संसदीय व्यवस्था, बहुदलीय प्रतिष्पर्धाको चरित्र, राज्यसत्ताको चरित्र लगायतका विषयमा स्पष्ट दृष्टिकोण बनाउँदै नेपाली समाजलाई एक धक्का दिने काम यसले गर्दैन ।

जे होस्, यो कार्डले केही समय पक्कैपनि चर्चा बटुल्नेछ । तर विचार भन्ने कुरा बस्तुगत धरातलको आवश्यकताका आधारमा परीक्षण हुने र विकास हुने हुँदा समयले यसको छिनोफानो भने अवश्य नै गर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!