विश्वकप छनोटः कुवेतविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

काठमाडौं, साउन १० । सिंगापुरमा जारी आइसीसी टि–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा शनिबार कुवेतसँग खेल्दैछ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजेदेखि सुरु हुँदैछ । जित्नैपर्ने दबाबमा रहेका नेपाल–कुवेतका लागि यो खेल निकै महत्वपूर्ण छ ।

नेपालले यसअघि खेलका २ खेलमध्ये एकमा हार र एक खेलमा जीत हासिल गरेको छ । यता कुवेतले ३ खेलमा एकमा हार, एक खेलमा जीत हासिल गर्दा एक खेलमा भने वर्षा बाधक बनेपछि अंक बाँडेको छ । कुवेत र सिंगापुरलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लिने सम्भावना छ । यदि भोलि कुवेतसँग हार बेहोरेमा भने नेपालका लागि आगामी चरणको यात्रा निकै कठिन हुनेछ । नेपालले पहिलो खेलमा कतारसँग ४ विकेटले हार बेहोर्दा दोस्रो खेलमा मलेसियाविरुद्ध भने ७ विकेटको शानदार जीत हात पार्यो ।

मलेसियाविरुद्ध नियमित कप्तान पारस खड्का डाढको समस्याका कारण खेल गुमाउन पुगे । कतारसँगको खेलमा घाइते भएका उनी मलेसियाविरुद्ध मैदान नउत्रिदा ज्ञानेन्द्र मल्लले टिमको नेतृत्व गरेर जीत दिलाए । मलेसियाविरुद्ध नेपालले उत्कृष्ट ब्याटिङ गर्यो । वर्षाकाकारण ९ ओभरमा झारिएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य १७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उक्त खेलमा कप्तान कल्लले २१ बलमा ५१ रन बनाएका थिए ।

नेपालको सम्भावित प्लेइङ ११ः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, रोहितकुमार पौडेल, करण केसी, अविनाश बोहरा र पवन सराफ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!