सिंगापुरसँग मलेसिया पराजित, नेपाललाई फाइदा !

काठमाडौं, साउन १० । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत मलेसियाविरुद्ध सिंगापुर ८ विकेटले विजयी भएको छ । मलेसियाले दिएको ९३ रनको सामान्य लक्ष्य सिंगापुरले १३.२ ओभरमा २ विकेट गुमाउर पूरा गर्यो ।

उसका लागि सुरेन्द्रन चन्द्रमोहनले नटआउट ५०, मनप्रीत सिंहले २६ र टिम डेभिडले १४ रन बनाए । बलिङमा मलेसियाका निभ्ली ल्याङ्गेले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले १८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९२ रन मात्र बनायो ।

उसका लागि मुहदत सहादतले सर्बाधिक २२, विरन्दीप सिंहले १७, शाफिक सरिफ, अमिनुद्दिन रेम्लीले १२–१२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा सिंगापुरका अम्जाद महाबब, अनान्थ कृष्णले ३–३सेलाडोरी विजयकुमारले २, जनक प्रकाश र विनोध भास्करले एकएक विकेट लिए ।

मलेसियाको हारले नेपाललाई फाइदा पुगेको छ । नेपालले अब सिंगापुर र कुवेतलाई हराए सहजै शीर्ष स्थानमा पुग्ने छ ।  यी दुई खेल मध्य एक हारे वा वर्षाको कारण रद्द भए नेपालको संभावना अंक गणितीय झिनोमात्रै बाँकी रहने देखिन्छ । नेपाल २ खेलमा समान १ खेलमा जीत हारका साथ तेस्रो स्थानमा छ । नेपालले शनिवार कुवेत र आईतबार सिंगापुरसँग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!