मोस्ट वान्टेड सूचीमा रहेका कार्की पक्राउ

प्रहरीले मोष्ट वान्टेड सूचिमा रहेका एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका ५ दमौतिका ३३ वर्षीय होमबहादुर कार्की पक्राउ परेका हुन ।

कार्कीमाथि छिमेकी ३५ वर्षीय मोहनबहादुर बुढाथोकीको बञ्चरो प्रहार गरी हत्या गरेको आरोप छ ।

२०७३ मंसिर २४ गते घटना भएलगत्तै फरार भएका कार्की मलेसिया भागेको र पछिल्लो समय मेलिसियाबाट काठमाडौं आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले २०७५ पुस २ गते रेडकर्नर नोटिस जारी गरेको थियो ।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका बुढाथोकीको न्युरो अस्पताल बिराटनगरमा उपचारकाक्रममा मंसिर ३० गते ज्यान गएको थियो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!