चिकित्सकको लापार्वाहीले सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोट तनावग्रस्त

नुवाकोट, नुवाकोटको गल्छी त्रिसुली सडक अवरुद्ध बनेको छ । चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको मृतकका आफन्तले शुक्रबार सडक अवरुद्ध पारेका हुन्। आक्रोशित स्थानीयले वेलकोटगढी नगरपालिका ७ रातमाटे महादेवफाँटमा सडकमा टायर बालेर बिरोध प्रदर्शन गरेका छन् ।

नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा बिहीबार बिहान सुत्केरी ३५ वर्षीया गोमा ओस्तीको चिकित्सको लापरवाहीले ज्यान गएको उनीहरुको आरोप छ ।
सुत्केरी गोमालाई काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याउने वित्तिकै उनको मृत्यु भएको थियो।

यसअघि सुत्केरी गराउन अस्पताल आएकी गोमाको बिहीबार बिहान ६ बजे डेलिभरी भएको थियो।स्वास्थ्यकर्मीले ७ बजे नवजात शिशुको श्वास रोकिएको भन्दै अस्पतालले काठमाडौं रिफर गरेको थियो।

याे पनि पढ्नुस  घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु

घटनाका दोषीलाई कारवाही गरिनुपर्ने र क्षतिपूर्तिको माग गर्दै सडक बन्द गराएको मृतकका आफन्तले बताएका छन्। सडक अवरुद्ध भएपछि करिब २ सयभन्दा बढी सवारीसाधन बाटोमै अलपत्र परेका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!