सन्यास लिँदैछन् ह्याट्रिकको रेकर्ड राख्ने यी महान् खेलाडी, अन्तिमपटक खेल्दैछन् आज

काठमाडौं । लसिथ मलिंगा, परिचयको आवश्यकता नपर्ने खेलाडी । संसारका एकजना महान् तीब्र गतिका बलर । निकै सोझो र मिलनसार भनेर चिनिने मलिङ्गाले आज सबैलाई दुखी पार्दैछन् । आज उनको अन्तिम खेल हेर्न पाइनेछ ।

आज मलिङ्गाले बंग्लादेशविरुद्ध आफ्नो अन्तर्राष्टिय क्यारियरको अन्तिम खेल खेल्नेछन् । योसँगै सधै अलविदा भन्नेछन् उनले । मलिङ्गाले श्रीलंकाका लागि ३० टेष्ट, २ सय २५ वान डे र ७३ टी२० खेल खेलेका छन् । उनको क्रिकेट इतिहास निकै शानदार रहेको छ । संसारका खतरनाक बलर भनेर चिनिने मलिङ्गालाई इतिहासमा सधै सम्झिइनेछ ।

याे पनि पढ्नुस  धोनी क्रिकेट छोडेर लागेकै हुन् त राजनीतिमा? यस्तो रहेछ कारण

मलिङ्गाले १५ वर्षसम्म श्रीलंकाका लागि खेल्दै आए । उनले ३० टेष्टमा १०१ विकेट लिए । टेष्टमा उनको सबैभन्दा राम्रो प्रदर्शन ५० रन दिएर ५ विकेट लिनु रहेको थियो । एउटा टेष्ट खेलमा भने उनले २१० रन दिएर नौ विकेट लिए । वान डेमा मलिङ्गाले २२५ खेलमा ३३५ विकेट लिन सफल भए ।

३८ रन दिएर ६ विकेट लिनसक्नु उनको सबैभन्दा उत्कृष्ट प्रदर्शन थियो । टी२० मा पनि उनको कमालको प्रदर्शन रह्यो । उनले ७३ खेलमा ९७ विकेट लिए ।मलिङ्गाले सन् २००४ मा वान डे र टेष्टमा डेब्यु गरेका थिए भने टी २० मा भने उनी २००६ मा खेल्न थालेका थिए ।

याे पनि पढ्नुस  कस्तो हो भारतीय क्रिकेट टिममाथि वेस्ट इन्डिजमा आक्रमणको धम्की?

मलिंगाले आफ्नो देश श्रीलंकालाई वर्ष २०१४ मा खेलिएको टी २० विश्वकपमा च्याम्पियन बनाउन ठूलो भूमिका दिलाए । कप्तानको भूमिकामा उनले क्रिकेटको सबैभन्दा सानो प्रारुप मानिने खेलमा पनि विश्व विजेता बनाए । घाइते भएका कारण वर्ष २०१५ मा नै उनले सन्यास लिने फैसला गरेका थिए ।

वान डे विश्वकप क्रिकेटमा लगातार तीनवटा विकेट लिने रेकर्ड उनकै नाम रहेको छ । उनले विश्वकपमा पहिलो ह्याट्रिक २००७ मा दक्षिण अफ्रिकाका विरुद्ध र दोश्रोपटक २०११ मा केन्या विरुद्ध लिएका थिए । वान डे विश्वकपमा सबैभन्दा छिटो विकेट लिने खेलाडी पनि मलिंगा नै हुन । उनले २६ खेलमा ५० विकेट लिएका थिए ।

याे पनि पढ्नुस  कस्तो हो भारतीय क्रिकेट टिममाथि वेस्ट इन्डिजमा आक्रमणको धम्की?

कमेन्ट गर्नुहोस्

error: Content is protected !!