यस्तो छ सुनको मूल्य अवस्था

काठमाडौं, साउन १० । साताको अन्तिम दिन अर्थात शुक्रबार बजारमा सुनचाँदीको भाऊमा अझैपनि केही परिवर्तन आएको छैन ।

बिहीबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, बिहीबार तेजावी सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, बिहीबार चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

याे पनि पढ्नुस  लगातार बढिरहेको सुनको भाऊ घट्यो

कमेन्ट गर्नुहोस्

error: Content is protected !!