सेञ्चुरी बैंकले आँखा दान समाजलाई भौतिक सामग्री सहयोग गर्यो

काठमाडौं, साउन १० । सेञ्चुरी कमर्सियल बैंकको मानभवन शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आँखा दान समाजलाई भौतिक सामाग्री सहयोग गरेको छ।

बैंकले आँखाको नानीका कारणबाट हुने अन्धोपन उन्नमूलन गर्ने उद्देश्य अनुरुप स्थापित समाजलाई जनचेतनामूलक अभिमुखिकरण कार्यक्रम सञ्चालनको लागि भौतिक पूर्वाधार सहयोग गरेको हो। बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले समाजका अध्यक्ष जगन्नाथ महर्जनलाई सामान हस्तान्तरण गरे।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!