ग्लोबल टि–२० लिगः उद्घाटन खेलमै सन्दीपआवद्ध टोरोन्टोको लज्जास्पद हार

काठमाडौं, साउन १० । बिहीबारबाट सुरु भएको ग्लोबल टि–२० क्यानडा लिगको उद्घाटन खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध टोरोन्टो नेसनल्सविरुद्ध क्रिस गेल कप्तान रहेको भांकुभर नाइट्स ८ विकेटले विजयी भएको छ । टोरोन्टोले दिएको १६० रनको लक्ष्य नाइट्सले १७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।

उसका लागि रस्सी भान ड्युसनले नटआउट ६५, चाडविके वाल्टनले अविजित ५९, टोबिअस बीसीले २० र क्रिस गेलले १२ रन बनाए । बलिङमा टोरोन्टोका जेर्मी गोर्डोन र मार्क मोन्टोर्फोटले एकएक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको टोरोन्टोले निर्धारित २० ओभरमा ५ विकेट गुर्मार १५९ रन बनायो । उसका लागि हेनरिक क्लासेन, रोड्रिगो थोमसले ४१–४१, कलुम म्याक्लीउडले १७, कप्तान युवराज सिंहले २७ बलमा १४ रन बनाए । यस्तै किरण पोलार्डले नटआउट ३० र ब्रेण्डम म्याक्लमले ४ रनको योगदान दिए । बलिङमा भांकुभरका रिजवान सीमा, सादबिन जफर, मिचवियल रिप्पोन, अलि खान र एन्डीले फेहलक्वायोले एकएक विकेट लिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!