टेस्ट खेलः दुवै इनिङमा बेरिस्टो शून्यमै आउट !

काठमाडौं, साउन ९ । हालै सम्पन्न आइसीसी एकदिसीय विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका इंग्ल्याण्डमा ओपनर जोनी बेरिस्टोले आयरल्याण्ड विरुद्धको एक मात्र टेस्ट खेलमा भने निकै खराब प्रदर्शन गरेका छन् । उनी दुवै इनिङमा शून्य रनमै आउट भए ।

बुधबार पहिलो इनिङमा ६ बलमा खाता नखोलेका बेरिस्टो आज पनि ६ बल खेलेर शून्य रनमै आउट भए । आज उनी एल्बीडब्लू आउट भएका हुन् ।

यो समाचार तयार पार्दासम्म इंग्ल्याण्डले ५७ ओभरमा ५ विकेट गुमाएर २०९ रन बनाएको छ । पहिलो इनिङमा इंग्ल्याण्ड ८५ रनमै समेटियो । यो समाचार तयार पार्दासम्म इंग्ल्याण्ड ८७ रनले लिड गरिरहेको छ । आयरल्याण्डले पहिलो सेसनमा २०७ रन बनाएको थियो ।

यी पनि
इंग्ल्याण्डलाई तेस्रो झड्का, ज्याक लिच ९२ रनमा आउट
टेस्ट क्रिकेटः शतक बनाउन चुके रोय

कमेन्ट गर्नुहोस्

error: Content is protected !!