टेस्ट क्रिकेटः शतक बनाउन चुके रोय

काठमाडौं, साउन ९ । आयरल्याण्डसँगको एक मात्र टेस्ट क्रिकेटमा इंग्ल्याण्डका विष्फोटक ब्याट्सम्यान जसन रोय शतक बनाउन चुकेका छन् । लड्स क्रिकेट मैदानमा भइरहेको खेलमा उनी ७२ रनमा आउट भएका हुन् । १ छक्का र १० चौकाको मद्दतमा ७८ बलमा ७२ रन बनाएका उनलाई स्टुअर्ट थोम्पसनले ‘क्लिनबोल्ड’ गरे । राेय बुधबार ५ रनमा आउट भएका थिए । टेस्ट क्रिकेटमा उनको यो डेब्यू खेल हो ।

रोय र ज्याक लिचबीच १४५ रनको साझेदारी भयो । यो समाचार तयार पार्दासम्म इंग्ल्याण्डले ४३ ओभरमा २ विकेट गुमाएर १७६ रन बनाएको छ । पहिलो इनिङमा इंग्ल्याण्ड ८५ रनमै समेटियो । यो समाचार तयार पार्दासम्म इंग्ल्याण्ड ५४ रनले लिड गरिरहेको छ । आयरल्याण्डले पहिलो सेसनमा २०७ रन बनाएको थियो ।

यो पनि
टेस्ट क्रिकेटः रोयको पहिलो शानदार अर्धशतक

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!