टि–२० क्यानडा लिगः सन्दीपको टिममा को–को छन् स्टार क्रिकेटर?

काठमाडौं, साउन ९ । नेपालका २ क्रिकेटर आवद्ध ग्लोबल टि–२० क्यानडा लिग आजदेखि सुरु हुँदैछ । लिगको पहिलो खेलमा नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछानेआवद्ध टोरोन्टो नेसन्स र भाकुंभर नाइट्स खेल्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति १०ः१५ बजेदेखि क्यानडाको ब्रमाटोनमा हुँदैछ । टोरन्टोमा भारतीय पूर्वक्रिकेटर युवराज सिंह र भाकुंभरमा क्रिस गेल कप्तान रहेका छन् ।

टोरोन्टो नाइट्सः युवराज सिंह (कप्तान), ब्रेण्डन म्याक्लम, सन्दीप लामिछाने, किरण पोलार्ड, हेनेरिक क्लासेन, मिचेल म्याग्लनेघन, चिराग सुरी, गुलमान शब्बीर, मनप्रीत गोनी, जेम्री नोर्दान, क्रिस ग्रीन, जेसी सिंह, कलुम म्याकल्वोइड, मार्क मन्फोर्ट, रविन्दर सिंह, सलमान नजर र रोड्रिगो थोमस ।

सन्दीप र साेमपालले २ वटा खेल गुमाउने
सन्दीपले टि–२० क्यानडा लिगका सुरुवातका २ खेल गुमाउने भएका छन् । उनी आइसीसी टि–२० विश्वकप एसिया छनोटका लागि सिंगापुरमा रहेकाले सुरुवातका २ खेल गुमाउने भएका हुन् । यस्तै अर्का नेपाली बलर सोमपाल कामीले पनि लिगका शुरुवातका २ खेल गुमाउने छन् । उनको टिम विनिपेग हक्सले पहिलो खेल शनिबार मोन्टेरियल टाइगर्सविरुद्ध खेल्दैछ ।

यो पनिः आजदेखि ग्लोबल टि–२० लिग, युवराज सिंह र क्रिस गेलको टिम भिड्दै

कमेन्ट गर्नुहोस्

error: Content is protected !!