नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा खनाल नियुक्त

काठमाडौं, साउन ९ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाललाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को बैठकले यसअघि प्राधिकरणको निमित्त अध्यक्ष रहलेका खनाललाई अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

प्राधिकरणको अध्यक्ष बन्न १२ जनाको आवेदन परेकोमा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ नेतृत्वको छनौट समितिले ३ जनाको नाम प्रकाशन गरेको थियो । समितिले अध्ययन गरेर ३ जनाको नामबाट पनि खनालको नाम छनौट गरेर मन्त्रिपरिषद्मा पठाएको थियो । गएको पुसमा दिगम्बर झाले राजीनामा दिएपछि दूरसञ्चार प्राधिकरणको अध्यक्ष पद खाली रहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!