आजदेखि ग्लोबल टि–२० लिग, युवराज सिंह र क्रिस गेलको टिम भिड्दै

काठमाडौं, साउन ९ । नेपालका २ क्रिकेटर आवद्ध ग्लोबल टि–२० क्यानडा लिग आजदेखि सुरु हुँदैछ । लिगको पहिलो खेलमा नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछानेआवद्ध टोरोन्टो नेसन्स र भाकुंभर नाइट्स खेल्दै छन् ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति १०ः१५ बजेदेखि क्यानडाको ब्रमाटोनमा हुँदैछ । टोरन्टोमा भारतीय पूर्वक्रिकेटर युवराज सिंह र भाकुंभरमा क्रिस गेल कप्तान रहेका छन् । खेल भारतीय च्यानल स्टार नेटवर्क र अनलाइनमा हटस्टारमा देख्न सकिने छ ।

सन्दीप र साेमपालले २ वटा खेल गुमाउने
सन्दीपले टि–२० क्यानडा लिगका सुरुवातका २ खेल गुमाउने भएका छन् । उनी आइसीसी टि–२० विश्वकप एसिया छनोटका लागि सिंगापुरमा रहेकाले सुरुवातका २ खेल गुमाउने भएका हुन् । यस्तै अर्का नेपाली बलर सोमपाल कामीले पनि लिगका शुरुवातका २ खेल गुमाउने छन् । उनको टिम विनिपेग हक्सले पहिलो खेल शनिबार मोन्टेरियल टाइगर्सविरुद्ध खेल्दैछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!