साउनभित्र पार्टी एकताको सबै काम सकिन्छः अध्यक्ष प्रचण्ड

काठमाडौं, साउन ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले साउन महिनाभित्र पार्टी एकताको सबै काम सकिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित स्मृति सभामा अध्यक्ष प्रचण्डले पार्टी एकताको माथिदेखि तलसम्मको सबै काम यो महिनाभित्र सकिने स्पष्ट पारे ।

धेरै अप्ठ्यारा र घेराहरुलाइ चिर्दै पार्टी एकतालाई अन्तिम रुपमा ल्याउन सकिएको भन्दै उनले यो महिनाभित्र पार्टी एकताको सबै काम सकेर भदौबाट भने देशब्यापी कार्यक्रममा निस्कने बताए । यो महिनाभित्र स्थायी समिति र केन्द्रीय समिति बैठक बसेर अब बाँकी रहेका पार्टी एकताको सबै काम टुंगोमा पुर्याउने उनले बताए ।

याे पनि पढ्नुस  प्रचण्ड भन्छन्, ‘पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभूति हुन थाल्यो’

पार्टी एकताको काम सकिएपछि पार्टीको नीति, सिद्धान्त र सरकारका कामबारे नागरिकलाई जानकारी गराउन देशव्यापी कार्यक्रम गर्नेसमेत अध्यक्ष प्रचण्डले जानकारी दिए । अहिले कम्युनिष्ट पार्टीका सामु ठूलो अवसर रहेको भन्दै उनले जनमतबाट प्राप्त बहुमतको शक्तिलाई प्रभावकारी काममा लगाउने गरी सरकारले काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!