परीक्षणः उत्तर कोरियाले कम दूरीको दुइ मिसाइल छोड्यो, ढाई महिनामा दोस्रो टेस्ट

-दक्षिण कोरियाका अधिकारिका अनुसार – उत्तर कोरियाले दुइ वटा – रेंज मिसाइल पूर्वी समुद्रमा छोड्यो
-आउने महिनामा अमेरिका र दक्षिण कोरिया बीच युद्धाभ्यास पनि हुनेवाला छ ।
-किम जोंग उनले चेतावनी दिए- संयुक्त युद्धाभ्यासमा उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा असर पर्न सक्छ ।

सियोल । अन्तर्राष्ट्रियस्तरको चेतावनी हँदाहँदै उत्तर कोरियाले आइतबार एक पटक फेरि मिसाइल छोड्यो। एजेन्सीले दक्षिण कोरियाको अधिकारीको भनाइअनुसार उत्तर कोरियाले दुइ शर्ट-रेंज मिसाइल पूर्वी समुद्रमा छाडेको छ । मिसाइलले करीब ४३० किमीको दूरी तय गर्यो । आउँदोे महिना दक्षिण कोरिया र अमेरिकाका बीच सैन्य युद्धाभ्यास पनि हुने वाला छ। उत्तर कोरियाको मिसाइल परीक्षणमा कोरियाई प्रायद्वीपमा तनाव उत्पन्न हुन सक्छ ।

किम जोंग उनले चेतावनी दिएका छन् कि दक्षिण कोरिया-अमेरिकाको संयुक्त युद्धाभ्यासले उत्तर कोरिया र अमेरिकाका बीच सम्बन्ध खराब हुनसक्छ । किमले भने, ‘अमेरिका र उत्तर कोरियाका बीच चलिरहेको वार्तामा यस अभ्यासको विपरीत असर पर्न सक्छ । उत्तर कोरियाले यसभन्दा पहिले ९ मेमा परीक्षण गरेको थियो, जसमा दुईवटा मिसाइल लञ्च गरिएको थियो ।

जापानले भन्यो- केही असर भएन

अधिकारीका अनुसार, दक्षिण कोरियाई परिक्षणबाट थाहा पाइएको छ कि दुइवटै मिसाइललाइ मोबाइल लञ्चरबाट छोडिएको थियो । यही उत्तर कोरियाको मिसाइल परीक्षण हुन सक्छ, ताकी दोस्रो देशलाइ जगाउन । किनकि दुइवटै मिसाइलको प्रक्षेपण कम दूरीबाट गरियो । यही जापानले भनेको छ कि यो मिसाइलले उसको समुन्द्री क्षेत्रमा केही असर परेको छैन ।

ट्रम्पसँगको भेटघाटपछि केही असर देखिएन
३० जूनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाई सीमा (डिमिलिट्राइज्ड जोन) मा उत्तर कोरियाई शासक किमसँग भेटघाट गरेका थिए। यसपछि ट्रम्पले उत्तर कोरियाई सीमामा पनि कदम राखे । यस्तो गर्नेवाला उनी पहिलो अमेरिकी राष्ट्रपति हुन्। सिंगापुर र भियतनाममा ट्रम्प र किमका बीच अहिलेसम्म दुइपटक भेटघाट भइसकेको छ । उत्तर कोरियाले परमाणु कार्यक्रम अन्त्य गर्नका लागि सहमति जनाएको थियो तर उ लगातार मिसाइल टेस्ट गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!