जीतपछि के भन्छन् ज्ञानेन्द्र मल्ल? (भिडियो)

काठमाडौं, साउन ८ । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत मलेसियाविरुद्ध कीर्तिमानी प्रदर्शन गरेका नेपाली टिमका ओपनर एवं उपकप्तान ज्ञानेन्द्र मल्लले जीत हासिल गरेपनि समग्र टोलीको प्रदर्शन सन्तोषजनक नरहेको बताएका छन् ।

खेल सकिएपछि उनले भने, ‘जित दर्ता गरेपनि सम्रग टोलीको प्रर्दशनबाट भने खुसी छैन । फिल्डिङ राम्रो गर्न सकेको भए मलेसियालाई अझ कम स्कोरमा रोक्न सकिने थियो ।’ ज्ञानेन्द्रले आजको खेल बारे के भने? हेर्नुस् भिडियो–

पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएको नेपाल मलेसियाविरुद्ध भने ७ विकेटले विजयी भएको छ ।  ८४ रनको लक्ष्य पाएको नेपालले ७.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जीतमा कप्तान ज्ञानेन्द्र मल्लले ३ छक्का र ५ चौकाको मद्दतमा २१ बलमा ५१ रन बनाए ।

याे पनि पढ्नुस  उपकप्तान मल्ल भन्छन्, ‘फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ’

यो पनिः ज्ञानेन्द्रले तोडे विनोदको कीर्तिमान

नेपालको टि–२० क्रिकेटमा उनी सर्बाधिक छिटो अर्धशतक बनाउने पहिलो क्रिकेटरसमेत बनेका छन् । यस्तै विनोद भण्डारीले नट आउट १३, प्रदीप ऐरीले १२, दीपेन्द्र सिंह ऐरीले २ र शरद भेषावकरले नटआउट ३ रन बनाए । बलिङमा मलेसियाका मुहम्द सहादतले ३ विकेट लिए । भिडियोः हाम्रो खेलकुदबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!