धमाधम सन्यास लिँदै श्रीलंकन क्रिकेटर

काठमाडौं, साउन ८ । श्रीलंकाका बलर नुवान कुलसेकराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले आज अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । नुवानले २०१४ को टि–२० विश्वकपमा पनि खेल्ने मौका पाएका थिए ।

उक्त विश्वकपको फाइनलमा उनले उत्कृष्ट बलिङसमेत गरेका थिए । भारतसँगको भएको सो खेलमा नुवानले २९ रन दिएर युवराज सिंहको विकेट लिएका थिए । उनले १८४ वान डे, २१ टेस्ट र २८ टि–२० अन्तर्राष्ट्रिय खेलमा ३१३ विकेट लिएका थिए ।

मलिंगाले पनि सन्यास लिने
श्रीलंकाका चर्चित बलर लसिथ मलिंगाले पनि केही दिनमा वान डे क्रिकेटबा सन्यास लिने भएका छन् । उनले बंगलादेश विरुद्धको सिरिजको पहिलो खेल खेल्दै सन्यास लिने भएका हुन् । मलिंगाले विश्वकप अघि नै वानडे क्रिकेटबाट सन्यास लिने घोषणा गरिसकेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!