जोन्टी रोड्स भारतीय क्रिकेट टिमको ‘फिल्डिङ कोच’ बन्ने सम्भावना

काठमाडौं, साउन ८ । दक्षिण अफ्रिकाका चर्चित फिल्डर जोन्टी रोड्सले भारतीय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकका लागि आवेदन दिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार रोड्सले फिल्डिङ कोचका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई आवेदन दिइसकेका छन् । र, छिट्टै त्यसको घोषणा हुने छ । अहिले भारतीय टिमका फिल्डिङ कोच आर श्रीधर हुन् । उनको कार्यकाल ४५ दिन बढाइएको छ ।

श्रीधर वेस्ट इन्डिजको भ्रमणमा भारतीय टिमसँग रहने छन् । विश्वकपमा टिम सेमिफाइनलबाट बाहिरिएसँगै बीसीसीआईले प्रमुख प्रशिक्षकसहित बाँकी कर्मचारीको लागि पनि आवेदन जारी गरिसकेको छ । आवदेन जारी गरेसँगै जोन्टी रोड्सले पनि फिल्डिङ कोचका लागि आवेदन दिएका हुन् ।

यो पनिः OMG एक इन्स्टाग्राम पोस्टबाटै यति कमाउँछन् विराट !

बीसीसीआईले टिमको प्रमुख प्रशिक्षक, ब्याटिङ, फिल्डिङ र बलिङ काेचका लागि आवेदन जारी गरेको छ । साथै बीसीसीआईले फीजियो, स्ट्रेन्थ एण्ड कण्डिश्निङ प्रशिक्षक र प्रशासन म्यानेजरका लागि पनि आवेदन खुलाएको छ । आवेदन दिने अन्तिम मिति ३० जूलाईसम्म तोकिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!