आयरल्याण्डविरुद्ध इंग्ल्याण्ड ८५ रनमै अल आउट !

काठमाडौं, साउन ८ । केही दिनअघि मात्र आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको इंग्ल्याण्डले आयरल्याण्डविरुद्ध टेस्ट खेलको पहिलो पारीमा ८५ रन मात्र बनाएको छ । लड्स क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले २३.४ ओभरमा अल आउट हुँदै ८५ रन मात्र बनाउन सक्यो ।

इंग्ल्याण्डका लागि जो डेन्लीले सर्बाधिक २३, साम करनले १८, ओल्ली स्टोनले १९, रोरी र्बुन्सले ६, जसन रोयले ५, कप्तान जो रुटले २ रन बनाए ।

जोनी बरिस्टो, क्रिस ओक्स र मोइन अलिले खाता नै खोल्न सकेनन् । बलिङमा आयरल्याण्डमा टिम मुर्टघले ९ ओभरमा १३ रन दिएर ५ विकेट लिए । यस्तै मार्क आदिरले ३ र ब्वोइड र्याकिंनले २ विकेट लिए ।

याे पनि पढ्नुस  बंगलादेश विरुद्धको टेस्ट क्रिकेटका लागि अफगानी टिम घोषणा, को–कोले पाए मौका?

कमेन्ट गर्नुहोस्

error: Content is protected !!