शेयर बजारमा मंगलबारको तुलनामा ५ गुणा बढी कारोबार

काठमाडौं । मौद्रिक नीति सार्वजनिक हुने दिन बुधबार शेयर बजार सकारात्मक देखिएको छ। सो दिन कारोबारमा आएका अधिकांश कम्पनीहरुको शेयरमूल्य बढेको छ भने बैंकिङ्ग उप समूहमा धेरै कारोबार भएको छ ।

उच्च कारोबार हुने शिर्ष कम्पनीको सूचीमा आठ वटा बैंक रहेको छ । उच्च पूँजीकरण भएका कम्पनी रहेका बैंकिङ्ग उप समूहमा कारोबार बढेपछि बुधबार नेप्से परिसूचक ६.९० अंकले बढेर १२८४.०७ बिन्दुमा पुगेको छ।

त्यस्तै कारोबार रकम समेत अघिल्लो दिनको तुलनामा ८ करोड रुपैयाँले बढेर ४४ करोड ३४ लाख रुपैयाँपुगेको छ। अघिल्लो दिन मंगलबार ३६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

याे पनि पढ्नुस  झनै ओरालो लाग्यो शेयर बजार, साना लगानीकर्ता चिन्तामा

गत आवमा राम्रो नाफा आर्जन गरेको सूचना अनौपचारिक तवरबाट पूँजी बजारमा बाहिरिएपछि दुई सरकारी बैंक नेपाल र कृषि विकास बैंकको शेयरमूल्य बढेर उच्च कारोबार भएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बिग मर्जर ल्याए सरकारी बैंकबाटै सुरुवात गर्ने आंकलन पनि लगानीकर्तामा  छ ।

बुधबार नेपाल बेंकको सबैभन्दा धेरै ३ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो भने नेपाललाइफ, कृषि विकास बैंक र प्रभु बैंकको पनि २ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । यस दिनउच्च् करोबार गर्ने १० कम्पनीका ८ वटा बाणिज्य बैंक रहेका छन्।

याे पनि पढ्नुस  झनै ओरालो लाग्यो शेयर बजार, साना लगानीकर्ता चिन्तामा

-Source: Merolagani.com

कमेन्ट गर्नुहोस्

error: Content is protected !!