आफूमाथि दुर्व्यवहार गरेको भन्दै अधिकारकर्मी चन्दद्वारा इन्सपेक्टर विरुद्ध उजुरी

कञ्चनपुर, साउन ८ । आफूमाथि दुर्व्यवहार गरेको भन्दै कञ्चनपुरकी अधिकारकर्मी शारदा चन्दले एकजना प्रहरीविरुद्ध उजुरी दर्ता गरेकी छन् । चन्दले आफूमाथि दुव्र्यवहार गरेको भन्दै वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक (इन्सपेक्टर) मोहनजंग बुढाथापाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी हुन् ।

चन्दले प्रहरी नीरिक्षक बुढथापालाई गत साउन ६ गते रातिको समयमा आफू असुरक्षित रहेको भन्दै टेलिफोन गर्दा कुनै प्रतिक्रिया नजनाएको विषयमा बुझ्न खोज्दा गैर जिम्मेवार पूर्ण अभिव्यक्ति दिएर आफूलाई दुर्व्यवहार गरेकाले कारवाहीको माग गर्दै उजुरी दर्ता गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मोहन कुमार वैद्यले जानकारी दिए।

उनले चन्दको उजुरीका आधारमा घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई निर्देशन दिईएको बताए । अधिकारकर्मी चन्दले रातीको समयमा सुरक्षा माग गर्दा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी नीरिक्षक बुढथापाले रिस्पोन्स नगरेपछि दोस्रो दिन कार्यालयमै पुगेर भेट्दा धम्कीपूर्ण र गैर जिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएकी छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!