तमोर नदीले बगाउँदा एकै घरका तीन बालबालिका बेपत्ता

विराटनगर, साउन ८ । धनकुटामा तमोर नदीले बगाउँदा एकै घरका ३ जना बालबालिका बेपत्ता भएका छन् ।

धनकुटा नगरपालिका ८ डाँडाटोलका शंखबहादुर राईका ९ वर्षीय छोरा सदिप राई ७ वर्षीया छोरी सलिना र ६ वर्षीया संजिला राई तमोर नदीले बगाउँदा बेपत्ता भएका हुन् ।

गत आइतबार दिउँसो ३ बजे बाबु शंखबहादुरसँगै खेतमा काम गरिरहेको समयमा तमोर नदीमा बगेर उनीहरु बेपत्ता भएका थिए । धनकुटा प्रहरी प्रवक्ता इन्स्पेक्टर विजयराज पण्डितका अनुसार आमाबुवासँगै खेतमा काम गरिहरका उनीहरुमध्ये एक जनालाई तामोर नदीले बगाएको थियो । बगेकालाई बचाउने क्रममा अन्य दुुईजना पनि बगेर बेपत्ता भएको हुनसक्ने आमाबाबु र गाउँलेहरुले बताए ।

नदीले ३ जना बालबालिकाहरुलाई बगाएपछि गाउँलेहरु मिलेर दुई दिनसम्म खोजी गरेका थिए । तर फेला नपरेपछि बुधबार बिहान उनीहरुले खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा खबर गरेका थिए । बुधबार दिउँसोसम्म प्रहरीको उद्धार टोलीले बेपत्ता बालबालिका फेला पार्न सकेको छैन । नयाँपत्रिकादैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!