बाढीले बगाएर ल्याएको दाउरा निकाल्न खोज्दा एक युवक बेपत्ता

सप्तरी, श्रावण ८ । सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा बगेर बुधबार सोही ठाउँका ३४ वर्षीय मो नसिर मियाँ बेपत्ता भएका छन् ।

बाढीले बगाएर ल्याएको दाउरा निकाल्न खोज्दा पानीको भेलले बगाएर लगेको प्रत्यक्षदर्शीले बताएको रुपनीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । दुई दिनदेखिको वर्षाले खाँडो खोलामा बाढी आएको र बाढीसँगै बगाएर ल्याउने दाउरा, काठका मुढा निकाल्ने क्रममा बेपत्ता भएका मियाँको खोजबिन भइरहेपनि हालसम्म पत्ता नलागेको उक्त कार्यालयका प्रहरी उपरीक्षक सुरेश ठाकुरले बताए।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  १४ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ
error: Content is protected !!