भरतपुरमा बाह्रतले ‘मेट्रो प्लाजा’ : एक अर्ब १० करोडको लगानी, दशैंअघि काम थालिने

चितवन, साउन ८ । भरतपुर महानगरपालिकाले गौरवको योजनाको रुपमा नारायणगढ बजारमा १२ तले ‘भरतपुर मेट्रो प्लाजा’को निर्माण थाल्ने तयारी गरेको छ ।

कार्यपालिकाको बोर्ड बैठकले दशैंअघि नै निर्माण थाल्ने योजना अनुरुप निर्माण सम्झौताका कामहरु अघि बढाउने तयारी गरेको हो ।

लागत स्टमेट गर्न जिम्मेवारी दिएको अरनिको डिजाईनर्स एण्ड प्लानर्स कन्सलटेन्ट एजेन्सीले करिव एक अर्व १० करोडको लागत अनुमान निकालेकोले सोही अनुरुप बजेट ब्यवस्थापन गर्न लागिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

बोर्ड बैठकले यस लागतमध्ये ३० प्रतिशत महानगरले ब्यवस्थापन गर्ने र बाँकी नगर बिकास कोषबाट ऋण सहयोग लिने निर्णय गरेको सुवेदीले जानकारी दिए । ‘यो ऋणका लागि कोषले ८ प्रतिशत ब्याजको प्रस्ताव गरेको छ । तर, यो दरलाई घटाउन महानगर प्रमुखले प्रयत्न गरिरहेको छ’, सुवेदीले भने ।

याे पनि पढ्नुस  भरतपुरको चौविस कोठीदेखि मालपोतसम्म प्रदर्शन गर्न निषेध

दशैंअघि नै निर्माणको प्रक्रिया आरम्भ गर्ने उदेश्यले महानगर अघि बढेको महानगर प्रमुख रेनु दाहलले बताए । ‘नगर बिकास कोषसँग संम्झौता हामी छिट्टै गर्दैछौं, त्यसपछि फटाफट टेण्डरको काम अघि बढ्ने छ’ प्रमुख दाहालले भने ।

नारायणगढ बजारको लायन्स चोकमा पुरानो तरकारी मण्डी भएका स्थानमा यो प्लाजा बनाउन लागिएको छ । आगामी तिन बर्ष भित्र निर्माण पुरा गर्ने लक्ष्य छ । दुईतले भूमीगत पार्कीङ्ग बाहेक १२ तले प्लाजा निर्माण हुनेछ । करिव १५ बर्षमा यसको लागत प्राप्ति हुन सक्ने महानगरको अनुमान छ ।

याे पनि पढ्नुस  भरतपुरको चौविस कोठीदेखि मालपोतसम्म प्रदर्शन गर्न निषेध

कमेन्ट गर्नुहोस्

error: Content is protected !!