ज्ञानेन्द्रले तोडे विनोदको कीर्तिमान

काठमाडौं, साउन ८ । नेपाली क्रिकेट टिमका उपकप्तान एवं ओपनर ज्ञानेन्द्र मल्लले नयाँ कीर्तिमान बनाएका छन् । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत मलेसियाविरुद्ध २० बलमा अर्धशतक पूरा गर्दै ज्ञानेन्द्रले नेपालबाट टि–२० मा सर्बाधिक छिटो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

यसअघि नेपालमा यो कीर्तिमान विनोद भण्डारीको नाममा थियो । उनले गत साता मलेसियासँगको दोस्रो खेलमा २५ बलमा अर्धशतक पूरा गरेका थिए । मल्लले आज मलेसियासँगको छैटौं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै कीर्तिमान अर्ध शतक पूरा गरे । उनले २१ बलमा ५ चौका र ३ छक्का सहित ५१ रनको महत्वपूर्ण इनिङ खेले ।

याे पनि पढ्नुस  उपकप्तान मल्ल भन्छन्, ‘फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ’

मल्लको टि–२० मा यो पहिलो अर्धशतक हो । नेपालबाट टि–२० क्रिकेटमा अर्धशतक बनाउने मल्ल पाँचौ ब्याट्सम्यायन हुन् । आजको महत्वपूर्ण खेलमा नेपाल ७ विकेटले विजयी भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!