तौल घटाउने क्याप्सुल, मानिसमा पनि परिक्षण गरिने

काठमाडौं, साउन ८ । सिंगापुरको नानयाङ टेक्नोलोजी युनिभर्सिटीले तौल घटाउन एउटा विशेष प्रकारको क्याप्सुलको विकास गरेको छ। इन्डोपिल नामक उक्त क्याप्सुल जनावरको शरीरको जेलाटिन मेटरियलबाट निर्माण गरिएको बताइएको छ। यसमा दुई तह हुन्छन्।

पानीसँगै खाएपछि यसले पेटभित्र पुगेर आवश्यक प्रतिक्रिया देखाउँछ। हाल यसको परीक्षण सुँगुरमा गरिएको उक्त परीक्षणका क्रममा एक सातामै सुँगुरको वजन १ दशमलव ५ किलोग्राम घटेको पाइएको छ।

आगामी दिनमा यसलाई मानिसमा समेत परीक्षण गरिने बताइएको छ। हाल उक्त क्याप्सुलको आकार १ सेन्टिमिटर छ र यसलाई अझ सानो बनाउने प्रयास भैरहेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!