ओरालोमा ट्रकको ब्रेकफेलः २ जनाको मृत्यु, पाँच घाइते

हेटौंडा, साउन ७ । हेटौंडामा एक भारतीय ट्रकको ठक्करबाट मंगलबार दुईजनाको ज्यान गएकाे छ । यस्तै पाँचजना घाइते भएका छन् । आधादर्जन सवारी–साधनमा क्षति पुगेको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका बसामाडी बस्ने अटोचालक सुजन ढकाल छन् । मृतक एकजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

वीरगन्जबाट सामान लिएर हेटौंडा आउँदै गरेको ट्रक हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेमा ‘ब्रेकफेल’ भएर अनियन्त्रित भएको थियो ।

ट्रक ओरालोमा ब्रेकफेल भएपछि चालकले नियन्त्रण गुमाउँदा बाटोमा आइरहेका एक/एकओटा मोटरसाइकल, टेम्पो, टाटासुमो जिप, मिनिबस र बसलाई ठक्कर दिएर सडकछेउमा पल्टेको प्रहरीले जनाएको छ । घाइतेहरूको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेकोे छ ।

याे पनि पढ्नुस  ६० किलो चरेससहित २ जना पक्राउ

कमेन्ट गर्नुहोस्

error: Content is protected !!