रिहा लगत्तै ‘विप्लव समूह’ का ३ नेताद्वारा पार्टी परित्याग

डडेल्धुरा, साउन ७ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तीन जिल्ला सदस्यले रिहा लगत्तै पार्टी परित्याग गरेका छन् । जिल्ला अदालतको आदेशमा मंगलबार रिहा भए लगत्तै तीन जिल्ला सदस्यले प्रतिबन्धित नेकपा परित्याग गरेका हुन् ।

रिहा भएर पार्टी परित्याग गर्नेमा परशुराम नगरपालिका–११ का जिल्ला सदस्य कृष्ण विक (अरुण), परशुराम नगरपालिका–५ परिगाउँका जिल्ला सदस्य इन्द्रदेव भट्टराई (शिखर) र सोही ठाउँका जिल्ला सदस्य रामदत्त भट्टराई रहेका छन् ।

मंगलबार एक प्रेस विज्ञाप्ति जारी गर्दै उनीहरुले पार्टी परित्याग गरेका हुन्। ‘नेपाल कम्युनिस्ट पार्टी डडेल्धुरा जिल्ला कमिटी सदस्यका रुपका काम गर्दै आएकोमा हाल नेपाल सरकारले सो पार्टीलाई प्रतिबन्ध लगाएको अवस्थामा सो पार्टीले बोकेको सिद्धान्तसमेत हामीलाई मन नपरेकाले सो पार्टीको कुनै पनि किसिमको जिम्मेवारीमा नरहने गरी सो पार्टी परित्याग गरिएको जानकारी गराउँदछौं। साथै आइन्दा कुनै पनि किसिमको हिंसात्कम गतिविधिमा संलग्न नहुने र स्वतन्त्रपूर्वक जीवनयापन गर्ने कुरासमेत अवगत गराउँदछौं।’ तीनै जनाद्वारा हस्ताक्षरित विज्ञाप्तिमा भनिएको छ।

याे पनि पढ्नुस  विप्लवका ४ नेताद्वारा आत्मसमर्पण

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!