टि–२० खेलः भारतविरुद्ध शतक बनाउने क्यारेबियन खेलाडी

काठमाडौं, साउन ७ । वेस्टइन्डिजले भारतविरुद्ध घरेलु मैदानमा खेल्न सुरुका दुई टि–२० का लागि टीमको घोषणा गरेको छ । तीन टि–२०, तीन एक दिवसीय र दुई टेस्ट खेल खेलिने उक्त शृंखलाका लागि भारतीय क्रिकेट टोलीको घोषणा यस अघि नै भैसकेको छ ।

यस पटक वेस्टइन्डिजले युवा ब्याट्सम्यान इभिन लुइसलाई मौका दिएको छ । लुइस भारतविरुद्ध टि–२० मा शतक लगाउने एक मात्र क्यारिबियाली खेलाडी हुन् । उनले भारतविरुद्ध टि–२० दुई शतक लगाएका छन् ।

लुइसले भारतविरुद्ध पहिलो पटक १०० रन र दोस्रो पटक नट आउट १२५ रन बनेका छन् । जम्मा २० ओभर अर्थात १२० बलको खेलमा एउटै खेलाडीले १०० रन बनाउनु चानचुने कुरा होइन । लुइस भारतविरुद्ध महत्त्वपूर्ण हुनसक्ने वेस्टइन्डिज क्रिकेटका प्रसंशकहरूको भनाइ छ ।

याे पनि पढ्नुस  पिटिए भारतीय बलर, गेल र लुइसको विष्फोटक प्रदर्शन

उनले शतक बनाएका दुवै खेलमा वेस्टइन्डिजले भारतलाई हराएको थियो । उसले पहिलो खेलमा एक रनले तथा दोस्रो खेलमा ९ विकेटले हार बेहोरेको थियो । अफगानिस्तानविरुद्ध २०१६ मा टि-ट्वेन्टी खेल्न सुरु गरेका लुइस पहिलो खेलमा खाता नै नखेली आउट भएका थिए । दोस्रो खेल भारतविरुद्ध खेलेका उनले दोस्रो खेलमै १०० रन बनाएका थिए ।यो उनको भारतविरुद्ध पहिलो खेल रहेको थियो ।

लुइसले भारतविरुद्ध तीन खेल खेलेका छन् जसमा उनले ११६ को औसतले २३२ रन बनाएका छन् । उनले तीन खेलमा भारतविरुद्ध १२ चौका र २१ छक्का समेत लगाएका छन् ।

याे पनि पढ्नुस  वान डे सिरिजः वेस्ट इन्डिजले टस जित्यो, प्लेइङ ११ मा को–कोले पाए मौका?

उनी भारतविरुद्ध टि-ट्वेन्टीमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान समेत हुन् । यस सूचीमा उनीपछी लेन्डन सिमंस रहेका छन् । उनले ६ खेलमा १८१ रन बनाएका छन् भने क्रिस गेलले ५ खेलमा १७७ रन बनाएका छन्।गेलले भने भारतविरुद्ध टि-ट्वेन्टीमा शतक लगाउन सकेका छैनन् ।

लुइस भारतीय बलिङको राम्रो तोड हुनसक्ने धेरैको आकलन रहेको छ । उनले हालसम्म खेलेका २० खेलमा ६३७ रन बनाएका छन् । जसमा उनको औसत ३३.५२ हुन आउँछ । उनको उत्कृष्ट प्रदर्शन पनि भारतविरुद्ध नै रहेको छ ।

याे पनि पढ्नुस  पिटिए भारतीय बलर, गेल र लुइसको विष्फोटक प्रदर्शन

कमेन्ट गर्नुहोस्

error: Content is protected !!