बलात्कारको अभियोगबाट मुक्त भए रोनाल्डो

एजेन्सी । पोर्चुगल स्टार फुटबलर क्रिश्चियानो रोनाल्डो १० वर्षअघिको एक बलात्कारको अभियोगबाट मुक्त भएका छन् । रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडबाट क्लब फुटबल खेलिसकेका रोनाल्डोमाथि अमेरिकामा एक मोडलले बलात्कारको अभियोग लगाएकी थिइन् ।

पूर्वमोडल क्याथरिन मोयोर्गाले सन् २००९ मा रोनाल्डोले लस भेगासको एउटा होटलमा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । तर नेभेडाको न्यायाधिवक्ताको कार्यालयले रोनाल्डोमाथि मुद्धा चलाउने पर्याप्त प्रमाण नभेटिएको भन्दै उनलाई अभियोगमुक्त गरेको हो । प्रहरीले मोयोर्गामाथि कहाँ, कसले र कहिले त्यस्तो दुर्व्यवहार गरेको हो भन्ने प्रमाण जुटाउन नसकेपछि मुद्धा अघि नबढ्ने भएको न्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

याे पनि पढ्नुस  कर्णालीको डरलाग्दो तथ्यांकः प्रत्येक ३० घण्टामा एक महिला बलात्कृत

कमेन्ट गर्नुहोस्

error: Content is protected !!